रबिन्द्र बराल, रंगेली
रायमाझी भिमेश्वर जेभीका ३५ जना मजदुरहरु अलपत्र परेका छन् । कोरोनाको महामारीका कारण लकडाउन भएपछि मजदुरहरु घरजान नपाएका हुन् ।
मोरङको धनपालथान ५ कदमाहा चोक देखि उत्तर गडिघट्टा, फुटानी चोक र रंगेली ८ दर्बेशा भएर जोडिने हुलाकी सडक निर्माणमा खटिएका मजदुरहरु अलपत्र परेका हुन् । सो निर्माण कार्यमा इलामका ३ जना, सर्लाहीका १५ जना, दाङका ८ जना, झापा र सल्यानका १/१ जना गरी ३५ जना मजदुर रहेका थिए । हाल निर्माण कार्यपनि रोकिएको र देश लकडाउनमा रहेका कारण घर पनि जान नपाएका मजदुरहरु एउटै घरमा २८ जना सम्म बस्न बाध्य भएका छन् । सरकारले ५ जना भन्दा वढिको भिडभाड नगर्न र सामाजिक दुरी कायम गर्न भनेता पनि मजदुरहरुको बाध्यताले एकैठाउँमा २८ जना सम्म बस्नु परेको छ ।
आफुहरुलाई चैत्र ८ गते नै घरजान दिनु भन्दा ठेकेदार रामकाजी केशीले १५ गते भित्रमा सबैलाई घरमा पु¥याउने भनेको मजदुर बिनोद परियारले बताए । अहिले २१ गते बित्दा सम्म आफुहरु घर जान नपाएको परिरयारको गुनासो छ ।
यता ठेकेदार केशीले पटक पटक जिल्ला प्रशान र नगरमा पासका लागि ताकेता गरेता पनि पास नदिएका कारण मजदुरहरु घर पठाउन नपाएको बताए । यसरी ठुलो संख्यामा रहेका मजदुरहरुमा कुनै समस्या आएमा भयावह स्थिती आउने भन्दै स्थानीयले प्रदेश सरका र स्थानीय सरकारले समस्याको हल गर्नुपर्ने बताएका छन् ।