रबिन्द्र बराल, रंगेली
कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण लागु गरिएको लकडाउनका कारण गरिब तथा विपन्न गरिवारको बिचल्ली हुन थालेको छ । यतिबेला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका परिवार वढि मात्रामा प्रभावित भएका छन् ।
मोरङको विराटनगरर ८ मा बसोबास गर्दै आएकी ७० वर्षीय वृद्धा जानकी शर्मा ट्राफिक चोकमा मकै बेच्दै छिन् । श्रीमानको पनि मृत्यु भएको हुँदा आफैले परिवार चालउनु परेको पिढा जनकीले सुनाइन् । घरमा ५ जना छोरीहरुलाई पाल्नुपर्ने बाध्यता छ । बन्दले गर्दा दिनमा १ सय ५० वटा सम्म मकै बिक्दै गरेकामा अहिले १० देखि १५ वटा सम्म मात्रै बिक्री हुनेगरेको छ । खै सरकारले राहत बाँढ्दैछ अरे कता बाँढ्दैछ हामिलाई त हेदैन । जानकीले देखेसो पोखिन् ।
जानकी जस्तै अर्का रिक्सा चालकको पनि पिढा कम छैन् । घरमा श्रीमती र ३ जना छोराछोरी छन् । राज्यले लकडाउन भनेर बाहिर हिडडुल गर्न नदिएपछि आफुलाई पेट पाल्न गाह्रो भएको उनले बताए । घरमा जाँउ छोरा छोरी भोक लाग्यो भन्छन् रिक्सा कुदाउँ प्रहरीले भाटा हान्छ भाकले छोराछोरी मर्नुभन्दा आफै मर्छु भनेर रिक्सा कुदाउदै छु । उनले भने ।
राज्यले राहतका लागि भनेर हुइया पिटिरहेका बेला यस्ता विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ ।