कोरोना भाईरस रोकथामका लागि १ करोडको कोष

कोरोना भाईरस रोकथामका लागि १ करोडको कोष

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि १ करोडको कोष स्थापना गरेको छ । त्रियुगा नगर कार्यपालिकाको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरसका कारण विश्वनै आक्रान्त भई रहेको समयमा आफनो नगर क्षेत्रमा सजकता अपनाईएको बजेट बिनियोजन गरेका हुन । भाईरसलाई रोकथाम गर्नको निम्ति त्रियुगा नगरपालिकाले १ करोड रुपैयाको आवश्यक सामग्री खरिद गर्नका लागि नगर कार्यपालिकाको विशेष बैठकको निर्णय गरे अनुसार कोष स्थापना गरेको हो ।

यस्तै अहिलेसम्म राहत कोषमा विभिन्न संघ संस्था तथा व्यक्तिगत गरी नौ लाख ५० हजार संकलन भएको त्रियुगा नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार अतिविपन्न, गरिव तथा दैनिक ज्याला मजदुरी गर्नेको संख्या ५ हजार सात सय ९६ घरधुरी रहेको छ । जसमा एक हजार दुई सय दुई घरधुरीलाई राहात विरण गरिएको र वाँकी घरधुरीलाई तुरुन्त सम्वन्धित वडावाट नै राहात विरण गर्ने निर्णय भएको छ ।

त्यसैगरी लकडाउनका कारण समस्यामा परेका ज्याला मजदुरी गरिखाने र अति विपन्न वर्गका लागि वडाहरुले सिफारिस गरेका घर परिवारलाई १५ दिन सम्मका लागि राहत वितरण गर्ने, संक्रमणकालिन समयमा औषधि जन्य र अन्य खाद्यान्न खरिद गर्न कोषको रकम खर्च गरिने नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।

बैठकमा नगरपालिका भरी निःशुल्क रुपमा एम्वुलेन्स सेवा उपलब्ध गराउने प्रत्येक वडामा वडाध्यक्षको संयोजत्वमा कोरोना भाइरस तथा बिपद ब्यवस्थापन समिति गठन गरि प्रति वडा बढीमा ५ लाख रुपैया सम्म वडाले नै खर्च गर्न पाउने गरि कोषको रकम बिनियोजन गरिएको जनाएका छन् । त्रियुगा नगरपालिकालाई कोरोनाका कारण लक डाउनको समयमा दैनिक ज्याला मजदुरी गरि खाने श्रमजिविहरुको चुलो बाल्नमा सहयोग गर्ने बिभिन्न ब्यक्ति तथा संघसंस्थाहरुलाई धन्यवाद दिने निर्णय भएको नगर प्रमुख चौधरीले बताए ।

बैठकले राहत बितरणमा पारदर्शि बनाउन बिपन्न तथा अति बिपन्न परिवार परिचान गर्न टोल बिकास संस्था तथा वडा अध्यक्षहरुलाई जिम्मेवारी दिएको छ । उनीहरुले ज्याला मजदुरी गरि खाने परिवारलाई पहिचान गरि उनीहरुको नामवली संकलन गरि सार्वजनिक गरेर मात्र राहत दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बैठकले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट लगायत अन्य ब्यक्ति समुहले पीडितको नाममा राहत संकलन गरिएको जानकारी आएकाले उनीहरुलाई राहत संकलन तत्काल बन्द गर्न आग्रह गरिने नगरे कारबाही गरिने निर्णय भएको उल्लेख गरिएको छ । असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई राहत बितरण गर्न संघिय सरकार र प्रदेश सरकारबाट आएको कार्यबिधि तथा निर्देशिकालाई स्विकृत गरि कार्यान्वयन गरिएको नगर प्रमुख चौधरीले स्पष्ट पारे ।

असंगठित क्षेत्रमा कार्यरत मजदुरहरुलाई १५ दिनका लागि राहत प्याकेजमा अधिकतम् ३० केजी चामल, ५ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल बितरण गर्न भनिएको छ । कोरोना भाईरस मुक्त नगर बनाउन सबैमा जनचेतना पैmलाउदै २४ सै घण्टा नगरपालिका लागि रहेको समेत नगर प्रमुख चौधरीले बताएका छन् । उनले भने जो कोही विदेशबाट आउनु भएका नागरिक हुनु हुन्छ भने नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हामीसंग संपर्क गरेर आफनो परिवार, आफनो स्वास्थ्यसंगै अन्य छरछिमेकीको स्वास्थ्यलाई समेत सुरक्षित राख्नुस, यो अवस्थामा तपाई हामी सबैको कतव्र्य हो ।

सम्बन्धित खवर