जमातबाट फर्केका र अन्य गरी २४ जना गोलबजार क्वारेनटाइनमा

जमातबाट फर्केका र अन्य गरी २४ जना गोलबजार क्वारेनटाइनमा

राजेन्द्र महतो, लहान

भारतबाट मुस्लिम समुदायहरु आफनो जमात सकाएर घर फर्केका र अन्य गरी जम्मा २४ जनालाई गोलबजार क्वारेनटाइनमा राखिएको छ । हालै भारतमा भएको जमात (मुस्लिम सभा) मा सहभागी भएकाहरुमा कोरोनको संक्रमण देखिएपछि नेपालबाट पनि सहभागी भएर आएका ८ जनालाई क्वारेनटाइनमा राखिएको हो ।

भारतमा जमातबाट फर्केका सिरहाको गोलबजार न. पा. ११ बल्कवाबाट ८ जना मुस्लिम समुदायलाई प्रहरीले क्वारेन्टाइनमा राखेको हो । ति ८ जना सहित कतारबाट आएका १ जनालाई पनि क्वारेनटाइनमा राखिएको प्रहरीले जनाएको छ । उनिहरु ९ जनाको नै स्वाव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । ति बाहेक अन्य १५ जनालाई केही दिन अगाडी देखि नै क्वारेनटाइनमा राखिएको थियो । हाल सम्म गोलबजार क्वारेनटाइनमा २४ जना पुगेका छन् ।

सम्बन्धित खवर