स्पेनमा कोरोना भाइरस (कोभिड–१९) कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्र ८ सय ६४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टाभित्र मृत्यु भएको यो अहिलेसम्मकै धेरै हो । संक्रमितको संख्या भने एक लाख नाघिसेकको छ ।
कोरोनाबाट युरोपमा इटालीपछि धेरै मृत्यु हुनेको संख्या स्पेनमा छ ।