९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

भारतको दिल्लीमा आयोजना भएको जमात (मुस्लिम सभा) मा सहभागी भएका ८ जना र कतारबाट फर्किएका १ जनाको गरी ९ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना भाइरस फैलिएको भनिएको जमातबाट फर्किएकाहरुको स्वाब परीक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम) पठाइएको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनुभयो ।

जमातमा सहभागी भएका ८ जना नै सप्तरीको राजविराजका र कतारबाट आएका १ जना तिलाठी कोइलाडी गाउँपालिकाको रहेका छन् । उनिहरुको रिपोर्ट आउन ३ दिन लाग्ने डा. दासले जानकारी दिनुभयो । जमातबाट फर्केका उनिहरु घरमा लुकेर रहेका थिए । हाल उनिहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित खवर