बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना भएको पुष्टि

बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना भएको पुष्टि

बागलुङकी ६५ वर्षीया बृद्धामा कोरोना भएको पुष्टि भएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ति वृद्धामा कोरोना पोजेटिभ भएको पुष्टि गर्नुभयो ।

ति वृद्धासंगै हाल सम्म नेपालमा कोरोना पोजेटिभ भएकाहरुको संख्या ६ पुगेको छ । विहिबार सार्वजनिक गरिएकी वृद्धा पनि गत चैत्र ४ गते बेल्जिएमबाट दोहा हुदैँ कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको खुलेको छ । हाल संक्रमण पत्ता लागेकी वृद्धा र बागलुङ्कै १९ वर्षीया युवती आफन्त समेत रहेको खुलेको छ । उनिहरु दुवैजना संगै बेल्जियमबाट नेपाल आएका हुन् ।

ति वृद्धामा दमको समस्या भएता पनि बेल्जियमबाट फर्किदा कोरोनाको कुनैपनि लक्षण नदेखिएको बागलुङ अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर