प्रबेश बिष्ट, इटहरा
मोरङ रतुवामाई नगरपालिका घर भई विराटनगर बसोबास गर्दै आउनुभएका समाजसेवी बलबहादुर बस्नेतले कोरोना भाईरसले निम्त्याएको विषम परिस्थितिमा रतुवामाई नगरपालिकालाई ७९ हजार रुपैया बराबरको राहत सामाग्री सहयोग गर्नु भएको छ ।
सरकारले कोरोना भाईरस नियन्त्रणका लागि गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु समस्यामा परेपछि नगरपालिकालाई राहत सामाग्री उपलब्ध गराएको समाजसेवी बस्नेतले जानकारी दिनुभयो ।
उहाँले २५ मन चामल, २५ कार्टुन साबुन (२१६० पिस), हजार थान मास्क, २ सय थान पञ्जा र १० हजार कोरोना सम्बन्धी जनचेतनामुलक प्रचारप्रसार सामाग्री सहयोग गर्नुभएको हो ।
यसअघि पनि बस्नेतले नगर क्षेत्र र आसपासका नगरपालिकामा खाद्यान्न अभाव भएका परिवारलाई लक डाउनको समयमा मात्र नभई अन्य समयमा समेत खाद्य सामाग्री वितरण गर्दै आउनुभएको छ ।
राहत सामाग्री हस्तान्तरण गर्दै समाजसेवी बस्नेतले कोरोना भाईरसबाट संसार नै त्रसित भई रहेको समयमा आफ्ना गाँउघरका मानिसहरुलाई केहि राहत होस् भनि उक्त सामान वितरण गरेको बताउनुभयो । यस्तो संकटका बेला आफूसँग भएका सामान अरुलाई सहयोग गर्नुपर्छ, उहाँले भन्नुभयो,०“ यो आपतकालीन समयमा हुने खानेहरुले छिमेकी भोको छ कि छैन ख्याल गर्नुपर्छ ।” समाजसेवी बस्नेतले अरुको प्रगतिलाई आफ्नै प्रगति ठान्नुपर्नेमा जोड दिनुभयो ।