घरघरमा गएर स्वास्थ्य परीक्षण गरिदै

घरघरमा गएर स्वास्थ्य परीक्षण गरिदै

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरसबाट बच्न घरभित्रै वस्न गरिएको लकडाउनको समयमा विदेशबाट आएका व्यक्तिहरुको घर घरमा गएर उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने काम भइरहेको छ ।

यस क्रममा आज, नगर प्रमुख दिलीपकुमार राई सहितका वडाका जनप्रतिनिधि तथा नगर जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीको टोलीले विदेशबाट आएकाहरुको स्वास्थ्य अवस्था बुझ्ने काम गरेको छ ।

जसमा, वडा नम्वर ३, ६, ८ र ९ मा विदेशबाट आएका र तिनका परिवारलाई भेटेको छ । विदेशबाट आएको १४ दिन कटिसकेको अवस्था भएको र उनीहरुको स्वास्थ्यमा पनि समस्या नदेखिएको भएपनि घरभित्रै स्वत क्यारेन्टाइनमा वस्न आग्रह गरिएको जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनु भयो । प्रत्येक वडाबाट विदेश गएर आएकाहरुको तथ्यांक संकलन कार्य समेत भइरहेको छ ।

सम्बन्धित खवर