कोरोना राहत कोषमा सहयोग जम्मा हुन थाल्यो

कोरोना राहत कोषमा सहयोग जम्मा हुन थाल्यो

पथरी, मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत जुटाउन खडा गरेको राहत कोषमा सहयोग जुट्ने क्रम अघि बढेको छ ।

‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को एनआइसी एशिया बैंकको खातामा आज ४५ हजार बढी रकम जम्मा भएको छ ।

जसमा, पथरी शनिश्चरे २ स्थित लर्डबुद्ध सहकारी संस्थाले २० हजार १, ९ नम्वरको महिला जागृति सामुदायिक वन उपभोक्ता समूहले १५ हजार र ९ नम्वरका रोशन खरेलबाट १० हजार रुपैयाँ जम्मा भएको समिति सदस्य एवम् पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाउनु भएको छ ।

जहाँ जहाँ जो जोबाट सहयोग आएपनि नगरस्तरीय सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राईले बताउनु भएको छ । नगरपालिकाको विपद व्यवस्थापनको समेत बजेटमा थप कोष जम्मा गरी वडा वडामा राहत उपलब्ध गराइने छ । राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

सम्बन्धित खवर