बचत फिर्ता दिँदै दाम्राभिट्टा साकोस

बचत फिर्ता दिँदै दाम्राभिट्टा साकोस

चैत १८, इटहरा : मोरङको रतुवामाई ८ मा रहेको दाम्राभिट्टा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लक डाउन अवधिभर सेयर सदस्यलाई बचत फिर्ता दिन थालेको छ ।

लक डाउनका कारण सेयर सदस्यहरुलाई जीवनयापन गर्न समस्या परेको भन्दै उपभोग्य सामान खरिदका लागि एक जना सेयर सदस्यलाई ५ हजार रुपैयासम्म बचत फिर्ता दिन मंगलबारबाट सुरु गरिएको छ ।

कोरोना भाईरस रोकथाम, समन्वय एवं व्यवस्थावनका लागि नगरपालिकाले निर्माण गरेको सर्वदलिय समितिले गरेको पछिल्लो निर्णय अनुसार कार्यलय सञ्चालनको दिन र समय भने चैत १९ गतेदेखि फेरिने भएको छ ।

१९ गतेदेखि हप्ताको २ दिन बचत फिर्ताका लागि कार्यालय सञ्चालन गरिने अध्यक्ष जीतबहादुर कटुवालले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार र बुधबार दिउँसो साढे ३ देखि ५ बजेसम्म कार्यालय सञ्चालन गरिने छ ।
कार्यालय आउने सेवाग्राहीले अनिवार्यरुपमा मास्क लगाएर आउन र कार्यालय परिसरमा राखिएको सरसफाई डेस्कमा साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न सूचित गरिएको छ ।

दाम्राभिट्टा साकोस रतुवामाई नगरपालिकाभरी रहेका सहकारी संस्थाहरुमा सबैभन्दा धेरै सेयर सदस्य भएको संस्था हो । उक्त संस्थामा ४ हजार ३ सय ३ जना सेयर सदस्य रहेको संस्थाका कर्मचारी सुरेश कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर