राहत खातामा सहयोगका लागि पथरी शनिश्चरेको आव्हान

राहत खातामा सहयोगका लागि पथरी शनिश्चरेको आव्हान

पथरी, मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्नेहरुका लागि राहत संकलनका लागि आव्हान गर्दै बैंक खाता खोलेको छ ।

समितिका संयोजक नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको बैठकले एनआइसी एशिया बैंक पथरी शाखामा खाता सञ्चालनको निर्णयपछि खाता खोलिएको छ । जहाँ जहाँ जो जोबाट सहयोग आएपनि सो समितिमार्फत एकद्वार प्रणालीमा मात्रै राहत व्यवस्थापन र वितरण गरिने समिति संयोजक राईले जनाउनु भयो । बैठकले, राहत उपलब्ध गराउन इच्छुक जो कोहीलाई समितिले सञ्चालन गरेको राहत कोषको ०८४४१५००२७७५६००२ नम्बरको खातामा रकम जम्मा गर्न आव्हान समेत गरिएको उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर