चैत १७, विराटनगर : कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवनमा आफ्नै घरभीत्र बस्दा विपन्न वर्गका परिवारमा आउनसक्ने संकटलाई टार्न मोरङमा रहेको मानव सहयोगी हातहरु अग्रसर भएको छ ।
कटहरी गाँउपालिकाका ३३२ घर परिवारलाई खाद्यान्न वितरण गरिएको संस्थाका सचिब ताजिम अन्सारीले जानकारी दिनुभयो । मोरङ क्षेत्र नम्बर ४ का सांसद अमनलाल मोदी पहलमा र समाजसेवी देब किशन मुन्द्राको सहयोगमा खाद्यान्न सामाग्री वितरण गरिएको पनि उहाँले जनाकारी दिनुभयो ।
सांसद मोदीको पहलमा अति विपन्न, असहाय, पिछडिएका, अपाङ्ग र एकल परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।
सांसद अमनलाल मोदीसहित युवा समाजसेवी दिपेश कामत, जय प्रकाश यादब, डा. सबिन्द यादब लगायतको उपस्थितिमा खाद्य सामाग्री वितरण गरिएको हो ।
आफ्नो गाँउ ठाउँ शैक्षिक, भौतिक, सांस्कृतिक विकासको लागि मात्र नभएर विपद् र विपत्तिहरुमा यस संसथाले दिल खोलेर सहयोग गर्ने गरेको सचिब अन्सारीले बताउनुभयो ।




