माम्लिङ ५ का वडा अध्यक्ष पौडेलले कोरोना रोकथाम कोषलाई २१ हजार दिने

माम्लिङ ५ का वडा अध्यक्ष पौडेलले कोरोना रोकथाम कोषलाई २१ हजार दिने

विपुल सुवेदी, बिराटचौक

संखुवासभा जिल्ला स्थित धर्मदेवी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष उदय चन्द्र पौडेलले सरकारले स्थापना गरेको ‘‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’’ का लागि आफ्नो तर्फबाट २१ हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ।

लकडाउन खुलेपछि राष्ट्रिय वाणिज्य वैंक मार्फत सरकारको कोषमा उक्त रकम जम्मा गरिदिने उहाँले जानकारी दिनुभयो। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वका अति शक्तिशाली देशहरू समेत अस्त व्यस्त भएका छन् । नेपालमा पनि यो महामारी फैलिन नदिन तथा सो रोगको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा थप सहयोग होस भन्ने उदेश्यले सो रकम सरकारको कोषमा जम्मा गरिदिने पौडेलले जानकारी दिनुभयो।

सरकारले कोरोना भाइरसको संक्रमणको लागि चालेको कदम, रोगको नियन्त्रण, रोकथाम तथा उपचार र सतर्कताका लागि आम नेपाली नागरिक एकजुट भई लड्नु पर्ने स्थिति आएकाले यस्तो विषम परिस्थितिमा सबै लागि पर्नुपर्ने समेत उहाँले बताउनुभयो।

साथै वडा अध्यक्ष पौडेलले सरकारले गरेको लक डाउनको यस परिस्थितिमा धर्मदेवी नगरपालिकाका सम्पूर्ण नागरिकहरु आ आफ्नो घरमा सुरक्षित रहेको बताउनु भयो। उहाँले यदि कुनै मानिस वैदेशिक रोजगारीमा गएर आएकाहरुलाई पहिचान गरी क्वारेन्टाइनमा लगिने गरिएको जानकारी दिनुभयो।

वडा अध्यक्ष पौडेलले आफू बाँचेर अरूलाई पनि बचाउँन आग्रह समेत गर्नु भएको छ।

सम्बन्धित खवर