मोरङका उपकारी वडाध्यक्ष जस्ले आफनै तलब सुविधाले क्वारेन्टाइन बनाए

मोरङका उपकारी वडाध्यक्ष जस्ले आफनै तलब सुविधाले क्वारेन्टाइन बनाए

किरण न्यौपाने, रंगेली

कोरोना भाईरसका सम्भावित विरामीहरुलाई राख्न स्थानिय तहहरुले आ आफनो किसिमले कुवाराइटान निर्माण गरिरहेका छन् तर मोरङ्गका एक जनप्रतिनिधि वडाअध्यक्षले आफनै तलब सुविधाले १० वेडको क्वारेन्टाइन निर्माण गरेका छन् । मोरङ्गको सुनवर्षि नगरपालिका – २ का वडाअध्यक्ष प्रताप तामाङ्गले आफनो मासिक तलब सुविधा बाट करिव तिन लाख रुपैया खर्च गरी दश वेडको क्वारेन्टाइन निर्माण गरी दिएका हुन् ।

उनले स्थानिय स्वास्थ्य चौकी अमरदहमा कुवाराइन्टाईन निर्माण गरि नगरपालिका मेयर कालि प्रसाद दासलाई आज हस्तान्तरण गरेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीले मुलुक समेत प्रभावित हुदै गएको अवस्थामा जिम्मेवार नागरिकको रुपमा आफनो सेवा, सुविधाको रकमले क्वारेन्टाइन निर्माण गरेको वडाअध्यक्ष तामाङ्गले बताए ।

यता मेयर दासले उक्त कुवाराइटानमा आवश्यक चिकित्सकको व्यवस्था गरी संचालनमा ल्याउने जानकारी दिएका छन् । सुनवर्षी नगरपालिका भारतिय सिमा जोडीएकाले शंकास्पद विरामीहरुलाई राख्न क्वारेन्टाइनको समस्या रहेको थियो ।

सम्बन्धित खवर