सशस्त्र प्रहरीद्वारा सप्तरीमा दुई जना कुटिए, घटनामा संलग्न कर्मचारीमाथि छानबिन सुरु

सशस्त्र प्रहरीद्वारा सप्तरीमा दुई जना कुटिए, घटनामा संलग्न कर्मचारीमाथि छानबिन सुरु

राजेन्द्र महतो, लहान

सप्तरीको बलान बिहुल गाउँपालिकामा लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेका छ्न् ।

लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् ।

घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताएका छ्न्।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरी बाट खटिएका प्रहरी ले दुबैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेका थिए ।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताए ।

घटनाबारे समाजिक संजालमा प्रश्न उठेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अनुसन्धान थालिएको बताउदै छानविन सुरु भएको घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारवाही हुने बताउनुभयो ।

सम्बन्धित खवर