रौतहटमा आगलगीबाट ५ लाख बराबरको क्षति

रौतहटमा आगलगीबाट ५ लाख बराबरको क्षति

विवेक शर्मा, रौतहट

रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वडा नम्बर ३ मा आगलगीबाट किरब ५ लाख बराबरको क्षति भएको छ । नपाको वडा नम्बर ३ गम्हरीया बजारमा घर बनाएर बसिरहेको शेख मंगनीको घरमा आगलगी भएको हो ।

आगलगीबाट घरमा रहेको भैसी, छोरीको गौना गर्न राखेको सरसमान लगायत घरमा रहेको अन्य लता कपडाहरु जलेर नष्ट भएको थियो । आगलगी कसरी भएको थियो भन्ने विषयमा अहिले सम्म पत्ता लाग्न सकेको छैन । उक्त वार्डको वडा अध्यक्ष शेख नजबुल्लाहको अनुसार घरमा अचानक आगलगी भएको कुरा घरपरीवारको व्यक्तिहरुले बताएका छन् । घर जलेर पुर्ण रुपमा नष्ट भएको कारणले शेख मङनीको घर परिवारलाई राहत स्वरुप नगरपालिकाद्वारा एक बोरा चामल, दाल लगायतको समाग्रीहरु उपलब्ध गराएको गढीमाइ नगरपालिकाको निमित प्रमुख नागेन्द्र यादवले जानकारी दिनुभएको छ ।

सम्बन्धित खवर