राजेन्द्र महतो, लहान
विश्वभर फैलिदै गएको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ का प्रदेशसभा सदस्य तथा सांसद दिलिप साहले १ करोड रकम दिने घोषणा गरेका छन्। प्रदेश सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रुपैँया दिने सांसद साहले घोषणा गरेका हुन् ।
सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद रहेका साहले यसका लागि प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरिदिन समेत प्रदेश सरकारसँग अनुरोध गरेका छन् ।