पथरी, देशमा कोरोनाको आतंक बढेपछि सरकारले लकडाउन घोषणा गरेको छ । जनप्रतिनिधिले उक्त लकडाउनलाई पालना नगरेको गुनासो बढेसंगै यहास्थित एक जनप्रतिनिधि भने लकडाउनको पालना गर्दै घरमै बसेर वडाबासिका लागि धमाधम मास्क बनाइरहनुभएको छ ।
लकडाउन घोषणाको केहिदिनदेखि नै लगातार उहा घरमै मास्क बनाउने र वडाबासिको घरघरमा बितरण गर्न ब्यस्त हुनुन्छ पथरी शनिश्चरे वडा नं. १० महिला सदस्य मैनादेबि आचार्य । केहिदिनदेखि आफ्नै घरमा मास्क बनाउन ब्यस्त आचार्यले ३ हजारभन्दा बढि मास्क वडाबासिलाई बितरण गरिसक्नु भएको छ । उक्त ३ हजार मास्क उत्पादनका लागि भने स्थानिय पशुपति सामुदायिक बन उपभोक्ता समितिबाट मास्क उत्पादन तालिम लिएका २ जना प्रशिक्षार्थीले पनि सहयोग गरेका छन् । नेकपा पाटि कमिटि वडा नं. १० ले कपडा उपलब्ध गराउन सहयोग गरेको उहाले बताउनुभयो ।