युवासंघले थाल्यो पथरीमा राहत वितरण

युवासंघले थाल्यो पथरीमा राहत वितरण

पथरी, नेकपा निकट राष्ट्रिय युवा संघ पथरीले अति विपन्न परिवारलाई राहत कार्यक्रम सुरु गरेको छ । पथरी शनिश्चरे नगर भित्रका अति विपन्न र श्रमजिवीलाई राहत स्वरुप चामल, नुन तेल र सावुन वितरण गर्न थालिएको हो ।  आइतवारबाट राहत वितरण सुरु गरिएको युवा संघ पथरी शनिश्चरे नगर सहसंयोजक नविन कार्कीले जानकारी दिए । आइतबारबाट सुरु गरिएको राहत वितरण कार्य पथरी शनिश्चरेका १० वटै वडामा गरिने कार्कीले बताए ।

लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारका सदस्यलाई राहत स्वरुप १२ केजी चामल, १ पोका तेल र नुन वितरण गरिएको हो । राहतमा हात धुनका लागि सावुन पनि राखिएको छ । आइतवार पथरी शनिश्चरे १ का १३० परिवारलाई राहत वितरण गरिएको कार्कीले जानकारी दिए ।

कोरनाका कारण कुनै पनि पथरीवासीलाई खानका लागि समस्या नहोस भनेर राहत कार्यक्रम सुरु गरिएको हो । राहत वितरणमा युवा संघका केन्द्रिय सदस्य विजय डागी, जिल्ला सदस्य मनि लुम्फुवा लगायत खटिएका छन् ।

सम्बन्धित खवर