राष्ट्र बैंकले भन्यो, चैतमा तिर्नुपर्ने कर्जा अब असारमा बुझाए हुन्छ

राष्ट्र बैंकले भन्यो, चैतमा तिर्नुपर्ने कर्जा अब असारमा बुझाए हुन्छ

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा नराम्ररी असर पु¥याएको बेला नेपाल राष्ट्र बैंकले सहुलिएतको घोषणा गरेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियतको घोषणा गर्दै कोरोनाले असर पारेको क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जा असार मसान्त सम्मलाई सारेको हो

राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले चैत मसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणिहरुले असार मसान्तसम्म ऋण तिर्न सकिने बताउनुभयो । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको उनले बताउनुभयो । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन’ शिवाकोटीले भन्नुभयो।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने पनि राष्ट्र बैंकले बताएको छ ।

सम्बन्धित खवर