प्रदेश राहत कोषमा ३५ लाख जम्मा, सिद्धार्थ बैंकले ग¥यो १० लाख सहयोग

प्रदेश राहत कोषमा ३५ लाख जम्मा, सिद्धार्थ बैंकले ग¥यो १० लाख सहयोग

प्रदेश नं. २ प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम जम्मा गर्ने क्रम सुरु भएको छ ।

राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । यसैगरि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले २५ लाख प्रदेश राहत कोषलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रदेश सरकारले २५ करोड रकम राखेर राहत कोषको स्थापना गरेको छ । प्रदेश २ का मन्त्रीहरुले एक महिनाको तलब उक्त कोषमा राखिसकेका छन् । प्रदेश सभा सदस्यहरुले समेत घोषणा गर्ने क्रम जारी रहेको छ । प्रदेश सरकारले राहत कोषमा रकम सहयोग गर्न प्रदेश स्थित व्यपारिक घरना तथा अन्य समाजिक संघ संस्था र इच्छुक व्यक्तिहरुलाई समेत आह्वान गरेको छ ।

सम्बन्धित खवर