इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

 

इटालीमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र आठ सय ८९ जनाले ज्यान गुमाएका हुन् । यससँगै इटलीमा कोरोनाबाट मृत्यु हुने मानिसको संख्या १० हजार २३ पुगेको छ ।

शनिबार इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि ९२ हजार कटेको छ । उनीहरुमध्ये १२ हजार निको भएर फर्किसकेका छन् ।

अहिले ७० हजार मानिस उपचाररत छन् । कोरोना भाइरस (कोभिड–१९) पहिलो पटक ३१ डिसम्बरमा चीनको वुहानमा देखिएको थियो ।

सम्बन्धित खवर