उदयपुरमा कोरोना भाइरसको शंकामा कटारी अस्पतालमा रहेका एक व्यक्ति आइसोलेसनबाट भागेका छन्।
जिल्लाको ताप्ली गाँउपालिका घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती रहेको र उनी आइसोलेसनबाट भागेको अस्पतालका सूचना अधिकारी इसराइल राइनले जानकारी दिए। उनी कीर्तिमान शनिबार बिहान भागेको अस्पतालले जनाएको छ।
उनीसँगै भारतबाट सिलगढी नाका २१ जना आएका २१ जनामध्ये २० जना बेलस्रोत क्वारेन्टाइनमा छन, ‘फरार व्यक्तिमा ९९.३ डिग्रीफरेनहाइट ज्वरो आएकाले कटारी अस्पतालको आइसोलन बेडमा राखेर उपचार गरेको अस्पतालका सूचना अधिकारी राइनले बताए।
उनले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेका छन्। उनको पूरा ठेगाना भने नखुलेको अस्पतालले जनाएको छ।