कोरोनाको त्रास : भोकमरीले सिध्याउने खतरा

कोरोनाको त्रास : भोकमरीले सिध्याउने खतरा

चैत १६, लहान राजेन्द्र महत्तो : कोरोना भाइरसको संक्रमणको जोखिममा उच्च सतर्कता अपनाउन सरकारले मंगलबारदेखि सुरु गरेको लकडाउनको अवधि चैत १८ सम्म जारी रहनेछ। यो समयमा सवैलाई घरबाट बाहिर निस्कन रोकिएको छ।

नेपालमा एक हप्ताका लागि लकडाउन गरेको छ भने भारत सरकार ले २१ दिनका लागि गरेको छ। यी बाहेक अन्य देशहरुले पनि लकडाउन गरेका छन् । तर सबैभन्दा धेरै निम्न वर्गका जनता प्रभावित हुनेहरुमा नेपाल, भारत, पाकिस्तान लगायत गरिब देशहरु रहेका छन् ।

लकडाउन गर्दा कुनै पनि सरकारले निम्न वर्गका जनताका बारेमा सोच्न सकेका छैनन्।दैनिक ज्याला मजदुरी गरि परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई लकडाउनले खाद्यान्न संकट ल्याएको छ। लकडाउनले ज्यालादारीबाट गुजारा गर्ने निम्न वर्गलाई संकटमा पार्दै छ ।

दैनिक ज्याला मजदुरी गरेर खानेहरु अहिले पनि भोकभोकै छन् । मध्यम र धनीहरुलाई त विदा मनाए जस्तो भएको छ । अर्को तिर दिनभरी अर्काको साइकलको पन्चर बनाएर बेलुका केही पैसा कमाएर त्यसैको सामान किनेर परिवार पाल्नेहरु संकटमा छन् ।

आज उनीहरू को न बास छ न गास नै छ । गरिबी जनता भोक, प्यासका कारण सडकमा निस्कन बाध्य भएका छ्न।
कोरोना भाइरस पनि कुनै गरिबले ल्याएको होईन ।

तर यस्को कष्ट पनि गरिबहरूले भोग्नु परिरहेको छ ।आज दैनिक ज्याला मजदुरी गर्नेहरु कोरोना भाइरसले भन्दा पहिले भोकमरीले सिध्याउँछ कि भन्ने पिरमा बाँच्दैछन् । यस्तो बिपत घडीमा स्थानीय सरकार ले के गर्दै छ्न गम्भीर चिन्ता को बिषय बनेको छ।

सम्बन्धित खवर