रतुवामाईका मेयर राईको सक्रियता बढ्यो, दैनिक ज्यालादारी र विपन्न परिवारलाई खाद्यान्न उपल्वध गराउने

रतुवामाईका मेयर राईको सक्रियता बढ्यो, दैनिक ज्यालादारी र विपन्न परिवारलाई खाद्यान्न उपल्वध गराउने

रंगेली, कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनले न्युन आयस्रोत भएका परिवारलाई समस्या उत्पन्न हुन थालेपछी रतुवामाई नगरपालिकाले विपन्न परिवारको विवरण संकलन गरि राहत उपल्वध गराउने भएको छ । रतुवामाई नगरपालिका क्षेत्र भित्रका विपन्न परिवारको दैनिक जिविकमा समस्या प्रति मेयर रविन राई गम्भीर हुदै राहत उपल्वध गराउनका लागी प्रक्रिया अधि बढाएका हुन् ।

मेयर राईले नगरपालिका क्षेत्रका १० वटै वडामा लकडाउनले दैनिक ज्यालादारी गरेर खाने मजदुर र विपन्न वर्गका परिवारको पहिचान गरी विपद कोष बाट आवश्यक खाद्यान्न उपल्वध गराउने बताए । उहाले सबै वडाहरु बाट त्यसको तथ्याङ्ग संकलन गरेर जनतालाई राहत उपल्वध हुदा सबै पक्ष जिम्मेवार भई अति विपन्न परिवारलाई प्राथमिकता राख्नका लागी आग्रह समेत गरेका छन् ।

सो क्रममा मेयर राईले आज लकडाउनको असरले दैनिक ज्यालादारी गरेर खाने मजदुर तथा विपन्न परिवारहरु संग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको गुनासो समेत सुनेका छन् ।

साथै नगरपालिकाले नगर क्षेत्रमा अत्यावश्यक खाद्यान्न लगायतको अभाव नहुन स्थानीय पसल व्यवसायी संग भएको मौज्दातको विवरण समेत संकलन थालेको छ भने बजारमा इन्धनको अभाव हुन नदिन त्यसको निगरानी र पहल समेत थालेका छन् ।

नगरपालिकाले अत्यावश्यक खाद्यान्न र साग सब्जी तथा फलफूल को विक्रि वितरण गर्न भिडभाड नहुने गरी दैनिक बिहान ७ देखि ८ बजे सम्म र अपरान्ह ४ देखि ६ बजे समय सम्म पसल खोल्न तथा साग सब्जी र फलफूल क्रेता विक्रेताहरु बिच दुरी कायम राखेर कारोवार गराउने निर्णय गरेको छ

सम्बन्धित खवर