वडाध्यक्ष धिमालले आफ्नो २ महिनाको सुविधाबाट राहत बाढ्ने

वडाध्यक्ष धिमालले आफ्नो २ महिनाको सुविधाबाट राहत बाढ्ने

पथरी, कोरोना भइरसको विश्व महामारी फैलिरहेका बेला नेपालमा पनि लकडाउन गरिएको पाचौँ दिन पुगेको छ । लकडाउनले दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई मार्कामा पारेको भन्दै मोरङ पथरी शनिश्चरे ५ का वडाध्यक्ष जोग बहादुर धिमालले आफ्नो २ महिनाको सुविधाबाट राहत सामग्री बाढ्ने तयारी गर्नुुभएको छ ।

अहिलेको अवस्थामा मास्क बाढ्न भनेको मास्क लगाएर बाहिर घुम्न लगाउनु जस्तै भएको भन्दै धिमालले बरु ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत बाढ्नुपर्ने बताउनुभयो । शनिबार भएको फोन सम्पर्कमा धिमालले आफ्नो २ महिनाको सुविधा बापतको रकम ३९ हजार हुने र सो रकम बराबरको चामल, दाल, नुन, तेल लगाएतका आवश्यक सामग्री वितण गर्ने तयारी गरेको बताउनुभयो ।

पहिलो चरणमा सामान्य परिवार भन्दा पनि खानका लागि हुदै नभएको परिवार जो जोखिममा छ उनिहरुलाई वितरण गर्ने बताउनुभयो । आफ्नो २ महिनाको सुविधाबाट राहत वितरण गर्ने घोषणा गरेसंगै स्थानीय समाजसेवीहरु महेश तथा, केदार थापा लगाएतले पनि सहयोग गर्नुभएको धिमालले बताउनुभयो । थापा दाजुभाईले ५/५ हजार सहयोग गर्ने प्रतिवद्धता दिएको धिमालले बताउनुभयो ।

वडा कार्यालयमा पनि विपत व्यवस्थापनको बजेट रहेको र सो बजेटबाट साबुन खरिद गरेर विपन्न परिवारलाई अनिवार्य हात धुनका लागि वितरण गर्ने धिमालले बताउनुभयो । अन्य सहयोगी हातहरु भएमा पनि सम्पर्कमा रहन धिमालले अनुरोध गर्नुभएको छ । वडाबासीले घरमै बसेर सरकारको नियम पालना गर्न र कोरोनाको विश्व महामारीबाट बच्न धिमालले अनुरोध गर्नुभएको छ । नेपाली कांग्रेसबाट निर्वाचित धिमाल यो महामारीमा नगरमा नै आफ्नो सुविधाबाट राहत घोषणा गर्ने पहिलो वडाध्यक्ष हो । वडा नं. ५ मा नगरको एकमात्र मुस्लिम समुदायको वस्ती रहेको छ । यस वडामा अतिविपन्न रिषिदेब परिवारको बसोबास वढि मात्रामा रहेको छ ।

सम्बन्धित खवर