नेपाल एयरलायन्सको विमान दुर्घटनामा

नेपाल एयरलायन्सको विमान दुर्घटनामा

चैत १५, नेपालगञ्ग : नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ।

शनिबार बिहान नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जको राझा विमानस्थलको धावनमार्गबाट चिप्लिएको हो।

विमानस्थलमा रहेका सई सन्तोष साहका अनुसार काठमाडौंबाट गएको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले विमान अवतरणको क्रममा जहाज धावनमार्गभन्दा बाहिर गएको बताउनुभयो।

‘कुनै क्षति भएको छैन। जहाजमा उडान दलका सदस्य ३ र जना स्वास्थ्यका प्रतिनिधि सवार थिए,’उहाँले भन्नुभयो ।

सम्बन्धित खवर