विदेशबाट आएकालार्इ खोजी खोजी क्वारेन्टाइनमा

विदेशबाट आएकालार्इ खोजी खोजी क्वारेन्टाइनमा

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणको नियन्त्रण अभियान अन्तर्गत विदेशबाट आएकाहरुको खोजी गरेर क्वारेन्टाइनमा पठाउने काम गरिरहेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला सहितका वडाका जनप्रतिनिधि, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितले विदेशबाट आएकाहरुको खोजी गरेर मिक्लाजुङ्को टाँडीमा रहेको क्वारेन्टाइनमा लगिएको छ । हालसम्ममा ८ जनालाई सुरक्षित बसोबास र हेरचाहका लागि क्वारेन्टाइन लगिएको जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

यसैबीच, नगरपालिकाले पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वाड तयारी गरेको र आजदेखि सेवा सुचारु गर्ने भएको छ । सो अस्पतालका स्वास्थ्यकर्मीहरुलार्इ शनिबार पनि बिदा नगरी काममा खटाइने भएको छ । नगरमा कोही पनि विदेश तथा छिमेकी मुलुक भारतबाट आएको भएमा तत्काल नगर तथा वडामा सम्पर्क गर्न पनि नगरले सूचना जारी गरेको छ ।

सम्बन्धित खवर