पथरी, समाजवादी पाटी पथरी शनिश्चरे मोरङले ४४ घर विपन्न परिवारलाई शुक्रबार चामल, दाल र तेल वितरण गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर ६ सिसावनीको सुकुम्बासी टोलका १३ अति बिपन्न परिवार र सोही वडाको बिपन्न मुसहर बस्ती, गेलाबारीका ३१ परिवारलाई चामल, तेल र दाल बितरण गरेको हो । समाजबादी पार्टीको विशेष पहलमा १० केजि चामल, १ पोका तेल र दाल वितरण गरिएको हो। विशेष ज्याला मजदुरी गर्नेहरुलाई पहिलो चरण अन्तर्गत राहत वितरण गरेको समाजवादी पाट्रि मोरङ जिल्ला सह सचिव लाल बहादुर भण्डारी (एल बी) ले जानकारी दिनुभयो ।
स्वादेश तथा विदेशमा रहनुभएका नेपालीहरुको स्वःत स्फूर्त रुपमा आएको सहयोगले पहिलो चरणमा दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि सहयोग गरेको हो । अझै सहयोगी दाताहरुबाट सहयोग आउने क्रममा रहेकाले पूनः दोस्रो चरणमा पनि राहत वितरण गरिने भण्डारीले जानकारी दिनुभएको छ ।