वडाले बाढ्यो विपन्नलाई मास्क, गरबाहिर ननिस्कन वडा अध्यक्षको अनुरोध

वडाले बाढ्यो विपन्नलाई मास्क, गरबाहिर ननिस्कन वडा अध्यक्षको अनुरोध

नरेस कुमार लाभ, बिराटनगर

बिराटनगर महानगरपालिका वडा नं. १६ ले विपन्न परिवारलाई मास्क वितरण गरेको छ । शुक्रबार वडा अध्यक्ष मनोज सुब्बाको अगुवाइमा मास्क वितरण गरिएको हो ।

वडाका गरिव तथा विपन्न १२ सय परिवारलाई वडाले मास्क वितरण गरेको वडा अध्यक्ष सुब्बाले बताउनुभयो । वडामा जनचेतनाका लागि पम्प्लेट टास्ने तथा निरन्तर अनुगमन गर्ने जस्ता कामहरु भइरहेको सुब्बाले बताउनुभयो । सरकारले जारी गरेको लकडाउनको सबैले पालना गरेर अनिवार्य घरमा बस्न पनि सुब्बाले आग्रह गर्नुभएको छ । विश्वमा महामारीका रुपमा मैलिएको कोरोनाले कुनै एक व्यत्तिमा संक्रमण भएमा गाउँ नै सखाप बनाउने भन्दै सुब्बाले बरु आवश्यक सहयोग वडाले गर्ने तर सबैले घरघरमा बस्न आग्रह गर्नुभएको छ ।

यसैबिच वडामा लाग्दै आएको हटिया (बजार) मा भिडभाड भएपछि प्रहरीले हटाएको थियो । हटियामा कागती, धनिया, सब्जी लगाएतका बस्तुहरु निकै महंगोमा बेचेको पाइएपछि उनिहरुलाई एकपटकलाई मुल्य बृद्धि नगर्न सुझाव समेत दिइएको थिाये । यस्तै ग्याँसमा पनि अनुगमन गरेर अपूर्तीलाई सहज बनाइएको छ ।

सम्बन्धित खवर