कोरोना भाइरस रोकथामका लागि रतुवामाईमा क्वारेनटाइन

कोरोना भाइरस रोकथामका लागि रतुवामाईमा क्वारेनटाइन

प्रबेश बिष्ट
चैत १४, इटहरा : मोरङको रतुवामाई नगरपालिकामा नोवेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकथामका लागि आवश्यक गतिविधि तिव्रताका साथ अगाडी बढाइएको छ ।

नगरपालिकाले विदेशबाट आएकाहरुको लागि होम क्वारेनटाइनमा बस्न आग्रह गर्दै बिरामीको लक्षण देखिएमा नजिकको क्वारेनटाइनमा वा आइसुलेसनमा राख्नको लागि तयारी करिब करिब पुरा गरेको छ ।

रतुवामाई नगरपालिकले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिलाई सुरक्षित राख्नका लागि वडा नम्बर ८ इटहरामा रहेको सरस्वती माविमा ८ र वडा नम्बर ४ मा रहेको झुर्किया माविमा ८ गरी १६ बेडको क्वारेनटाइन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नगरपालिकाले विभिन्न स्थानमा स्वास्थ्य सचेतना ,हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परिक्षण समेत गरिरहेको छ ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले कोरेना भाइरस संक्रमण रोकथाम विपद् कोषको स्थापना गरेको छ । उक्त कोषमा नगरपालिकाका जनप्रतिनिधिको एक महिनाको सेवा सुविधा वापतको रकम ६ लाख ६३ हजार रुपैया जम्मा गरिएकोे नगरप्रमुख रवि राईले जानकारी दिनुभयो ।

यस्तै वैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेर घर फर्किएकाहरुको लागि प्रत्येक वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीहरुले तथ्याङ्क लिने काम जारी रहेको छ । अहिलेसम्म कतारबाट आएका एक जना व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएको आसंका गरिएको थियो । वडा नम्बर ८ का ती आसंका गरिएका व्यक्तिको स्वास्थ्य परिक्षण गर्दा कोरोना पोजेटिभ नभेटिएपछि उनि अहिले होम क्वारेनटाइनमा रहेको प्रमुख राईले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नगरबासीलाई आ–आफ्नो घरभित्र बसेर लक डाउनको पालना गर्न नगरबासीलाई विभिन्न माध्यमबाट निरन्तर अनुरोध गरिएको उपप्रमुख दयन्तादेवी चुडालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर