उदयपुरको सिमा नाकामा खटिएका प्रहरीलाई युवाहरुको सहयोग

उदयपुरको सिमा नाकामा खटिएका प्रहरीलाई युवाहरुको सहयोग

 

चैत १४, उदयपुर : विश्वभर महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरसको सम्भावित रोकथाम र नियन्त्रणका लागि सरकारले लक डाउनको घोषणा गरेसँगै देशभर यसको प्रभाव परेको छ । उक्त प्रभाव उदयुरमा पनि देखा परेको छ ।

लक डाउनको समयमा पनि अहोरात्री सर्वसाधरणको सेवा सुरक्षामा उदयपुरको लालपत्ता नाकामा खटिएका सुरक्षाकर्मीहरुलाई मिरमिरे युवा क्लबले मास्क, बिस्कुट र पानी वितरण गरेको छ । यस कामको योजनाकार तथा युवा नेता प्रबेश खड्का लगायत बिरेन्द्र बस्नेत, योगेन्द्र दाहाल, देबराज अधिकारी,नेत्र बस्नेतको टोलीले प्रहरीलाई उक्त सामाग्री वितरण गरेको हो ।

कोरोना भाइरस ( कोभिड १९ ) को सन्त्रासले अहिले नेपालसँगसँगै विश्व नै त्रसित छ । लकडाउनको समयमा सर्वसाधरण घरमै छन् । किनेर सामान खानलाई पसलहरु सबै बन्द छन् । यस्तो राष्ट्रलाई संकट परेका बेला दिनरात अहारात्री खटिरहेका सुरक्षाकर्मीहरु नागरिकको सेवामा लागिपरेका छन्, नेता खड्काले भन्नुभयो, “एक असल नागरिकको दायित्व निर्वाह गरेको महुसुस भयो ।”

उक्त कामको प्रशंसा गर्दै यस्तो विषम परिस्थितिमा दिनरात सुरक्षा गर्ने प्रहरीहरुलाई गरिएको यो सहयोग देखिदाँ सानो भए पनि भावनात्मक रुपमा ठुलो भएको सुरक्षामा खटिएका प्रहरी प्रमुख (असई) डमबर अधिकारीले बताउनुभयो । हामीलाई यस कार्यले काम गर्न थप हौसलिा मिलेको पनि उहाँले बताउनुभयो ।

सम्बन्धित खवर