एक पसलबाट अर्को पसलबीच सोसल डिस्टेन्स

एक पसलबाट अर्को पसलबीच सोसल डिस्टेन्स

 

राजेन्द्र महत्तो
चैत १४, लहान  : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन प्रहरीले सिरहाका प्रत्येक स्थानीय तह भित्र रहेका अतिआवश्यक पसलहरुमा सोसल डिस्टेन्स स्थापना गर्ने भएको छ।

नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबारदेखि एक साताका लागि जारी गरेको निषेधज्ञाको पूर्ण पालना गर्न र गराउन जिल्ला भरिका प्रत्येक स्थानीय तह भित्र रहेका खाद्यान,ग्यास ,औषधि ,तरकारी तथा अति आबश्यक पसलहरुमा सोसल डिस्टेन्स स्थापना शुरु गरेको हो।

इलाका प्रहरी कार्यलय लहानले लहान नगरपालिकाले वडा नम्बर ७ दुर्गा मन्दिर नजिक तुलसी किराना पसल बाट सोसल डिस्टेन्स स्थापना गर्न शुरु गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाशंकर चतुर्वेदीका अनुसार सोसल डिस्टेन्स स्थापनाको शुभ आरम्भ लहानबाट भएपनि यो अभियान सिरहा जिल्ला भरि नै लागु हुनेगरी कार्यहरु भइरहेको छ ।

सम्बन्धित खवर