सिरहामा पनि क्वारेनटाइन निर्माण

सिरहामा पनि क्वारेनटाइन निर्माण

 

चैत १४

प्रदेश दैनिक संवाददाता लहान : विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सिरहाका १२ स्थानीय तहमा क्वारेनटाइन निर्माण गरिएको छ ।

सिरहामा १७ स्थानीय तह रहे पनि १२ वटा स्थानीय तहको समन्वयमा १३ स्थानमा आइसुलेसन वार्ड र पाँच दर्जनबढि क्षेत्रमा क्वारेनटाइन निर्माण गरिएको हो ।

कोरोना संक्रमणको महामारी रोकथामका लागि सिरहाका
सिरहा, लहान, गोलबजार, मिर्चैया, सुखिपुर नगरपालिका तथा बिष्णुपुर, बरियारपट्टी, भगवानपुर, नरहा, अर्नमा, लक्ष्मीपुर पतारी र नवराजपुर गाउँपालिकाहरुले क्वारेनटाइन निर्माण गरेको हो ।

विभिन्न स्थानबाट सिरहा आएका १७ जनालाई विभिन्न स्थानको क्वारेनटाइनहरुमा राखिएको छ। जसमध्ये बरियारपट्टिमा ६ जना, गोलबजारमा एक जना, विष्णुपुर गापामा ७ जना, भगवानपुर गापाको आभेनगरमा ३ जनालाई राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अन्जेश्वर चौधरीले जानकारी दिए।

जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार अहिले गम्भीर प्रकृतिका विरामी नदेखिएकोले उनीहरुलाई क्वारेनटाइनमै राखिएको छ ।

गम्भीर प्रकृतिको विरामी आएको खण्डमा जिल्लामा राखिएको पाँच स्थान महेन्द्र गेनाई अस्पताल धनगढीमाईमा १८ बेड, सिरहा अस्पताल ५ बेड, लहान अस्पताल ५ बेड, आर।के।मेडिसिटी धनगढीमाई ५ बेड तथा फुलकुमारी मेमोरियल हस्पिटल ५ बेडमा राखी उपचार गरिने पनि जानकारी दिए ।

तर हाल सम्म पिपिइ जिल्लामा उपलब्ध नभएकोले ११ गते कोरोना भाइरसको आशंकमा औरहीका एक जना युवालाई थप उपचारका लागि काठमाडौंको टेकु पुर्याएको बताउँदै चौधरीले भने, त्यसपछि अहिले जिल्लामा त्यस्तो प्रकृतिको विरामी परेको छैनन्।

सिरहामा सरकारले लक डाउन घोषण गरेसँगै मानिसहरुको चहल पहल पूर्णरुपमा बन्द भएको छ ।

सम्बन्धित खवर