इटहरीका मेयर चौधरी, डामेर छोडेका साँडे हुन की जनप्रतिनिध ?

इटहरीका मेयर चौधरी, डामेर छोडेका साँडे हुन की जनप्रतिनिध ?

सुनसरी, विश्व कोरोनाको त्रासमा रहेको छ । नेपालमा पनि लकडाउन गरिएको आज तेस्रो दिन हो । कोरोनाको प्रभाव र तयारीका बारेमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीलाई फोन सम्पर्क गर्दा चौधरी भने आमा चकारी गाली गर्दै बसेका छन् ।

एरिना टेलिभिजन इटहरीले कोरोना अपडेट कार्यक्रम संचालन गरिरहेको छ । सो कार्यक्रममा प्रत्यक्ष रुपमा विभिन्न जिल्ला तथा नगरका प्रमुखहरुसंगको प्रत्यक्ष टेलिफोन संवाद राख्ने कार्यक्रम छ । सोही कार्यक्रममा इटहरी उपमहानगरको अवस्थाका बारेमा जानकारी लिनका लागि फोन सम्पर्क गर्दा सिधै अपशब्द प्रयोग गरेर गाली गरेको एरिना टेलिभिजनका प्राविधिक राजन कटुवालले जानकारी दिनुभयो । कार्यक्रम प्रस्तोता सुस्मिता राईसंग संवाद नै गर्न नपाइ मेयरले प्रविधिकलाई नै गालीको वर्षा गरे ।

संवाद यस्तो थियो ः
प्रविधिक ः हेल्लो
मेयर ः हेल्लो
प्रविधिक ः सर नमस्ते
मेयर ः नमस्ते
प्रविधिक ः सर म एरिना टेलिभिजनबाट
मेयर ः के रे ?
प्रविधिक ः सर म एरिना टेलिभिजनबाट
मेयर ः फोन राख
प्रविधिक ः हैन सर
भन्दा भन्दै मेयरले लगातार गाली गरे, मु…(अपशब्द) फोन राख, फोन राख भन्दै लगातार गाली गरेपछि तेरो बाउलाई फोन गरेको भन्दै थर्काए र अन्तिममा सुन्नै नसक्ने भएपछि प्रविधिकले फोन राख्छन् । अहिले सो भिडियो भाइरल भएको छ ।

सो विषयमा बुझ्न पूनः सम्पर्क गर्दा पनि मेयरले लगातार गाली गरेको कटुवालले बताउनुभयो । यसअघि पनि मेयर चौधरीले पत्रकारको नाकको डाँडी भाच्ने अभिव्याक्ति दिएर भाइरल भएका थिए ।

सम्बन्धित खवर