२१ हजार बढीको कोरोना संक्रमणबाट मृत्य

२१ हजार बढीको कोरोना संक्रमणबाट मृत्य

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २१ हजार १ सय ८५ पुगेको छ । विश्वभर एकैदिन २३ सय ८९ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ । हालसम्म विश्वका १ सय ९८ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लु एचओका अनुसार ४ लाख ६८ हजार ५ सय ७७ जनामा सक्रमण भएको पुष्टि भएको छ भने १ लाख १३ हजार ८ सय १७ जना निको भएका छन् ।

इटालीमा मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ । हिजो एकै दिन ६ सय ८३ जनाको मृत्यु भएको बिबीसीले जनाएको छ । चीनपछि कोरोनाको इपिसेन्टर बनेको इटालीमा ७४ हजार ३ सय ८६ मा संक्रमण पुष्टि भइसकेको छ त्यमध्ये ९ हजार ३ सय ६२ निको भएका छन् । चीनमा हालसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । कोरोनाबाट इरानमा दुई हजार २ सय ६, स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । स्पेनमा हिजो एकैदिन ६ सय ५६ जनाको मृत्यु भएको छ । फ्रान्समा पनि मृत्यु हुनेको संख्या १ हजार ३ सय ३१ पुगेको छ ।

सम्बन्धित खवर