दैनिक उपभोग गर्ने वस्तुमा समस्या

दैनिक उपभोग गर्ने वस्तुमा समस्या

चैत १३, इटहरा : सरकारले ‘लक डाउन’ घोषण गरेको तेस्रो दिन बिहिबार रतुवामाई नगरपालिकामा जनजीवन प्रभावित भएसँगै बजारहरु पूर्ण रुपमा ठप्प छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम र न्यूनिकरणका लागि सरकारले लक डाउनको घोषणा गरेको हो । कोरोना भाइरस (कोभिड १९) नेपालमा सर्वप्रथम जनवरी १३ मा चीनबाट आएका एक विद्यार्थीलाई देखा परेको थियो । हालसम्म नेपालमा तीन जना कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

रतुवामाईमा लक डाउनको प्रभाव मंगलबारदेखि नै परेको थियो । रतुवामाईसोमबारे, दाम्राभिट्टा, सिजुवा, झूर्किया लगायका नगरपालिकाका मुख्य बजार क्षेत्रहरुमा भिडभाड ठप्प भएको प्रहरीले जनाएको छ ।

लक डाउन उलंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरीले सम्झाई बुझाई गरी छाडेको पनि प्रहरीले जनाएको छ ।

बिहिकार बिहान भने केही पसलहरु फाट्फुट्ट खुले पनि दिउसो भने पूर्ण रुपमा बन्द अवस्थामा रहेको रतुवामाई ६ का स्थानीय रुपेश ढकालले जानकारी दिनुभयो । “पहिलो र दोस्रो दिको तुलनामा तेस्रो दिन धेरै शान्त र ठप्प देखियो” उहाँले भन्नुभयो, “कोरोनाको संक्रमण रोक्न अझै शान्त र ठप्प पार्नुपर्ने देखिएको छ ।”

मार्गमा फाट्फुट्ट नीजि सवारी साधनहरु र अत्यावश्यका सवारीहरु चलेपनि अघिपछिका दिनको तुलनामा सुनसान जस्तै रहेको स्थानीयहरुको भनाई छ ।

लक डाउन भएसँगै नगरभित्रका सम्पूर्ण व्यवसायिक गतिविधिहरु बन्द छन् । व्यवसायहरु बन्द हँुदा सर्वसाधरणहरुलाई दैनिक उपभोग्य वस्तुको अभावले गर्दा जीवनयापनमा कठिनाई आएको स्थानीयहरुको गुनासो रहेको छ । अत्यावश्यकका वस्तुहरु खाद्यन्न, तरकारी, दुध, ग्यास बिक्री गर्ने पसलहरु नखुलेकाले सर्वसाधरणहरु प्रभावित बन्न पुगेका छन् ।
कोरोना भाइरसबाट मानिसहरु आक्रान्त बनेका छन् । मानव समाज पुँजीवादमा कि समाजवादमा सुरक्षित, सभ्य र अस्तीत्वमा रहन सक्छ भन्दै आफैबिच बहस र संघर्ष गरिरहेको बेला महामारीको अर्काे संकटमा परेको छ ।

सम्बन्धित खवर