सुनवर्षीमा ५० बेडको क्वारेनटाइन बनाइने

सुनवर्षीमा ५० बेडको क्वारेनटाइन बनाइने

सुनवर्षी, कोरोनाको कहर दिनप्रतिदिन बढ्दै गएपछि यसलाई रोकथाम गर्न तथा कोरोनाबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनवर्षी नगरपालिकाले ५० बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरेको छ । वडा नं. ९ स्थित आदर्श मा.वि र वडा नं. २ मा पर्ने बिरेन्द्र सार्वजनिक मा.विमा क्वारेनटाइन बनाउने तयारी भएको मेयर कालि प्रसाद दासले जानकारी दिनुभयो ।

सुनवर्षी नगरपालिका भारतको सिमासंग जिमा जोडिएको नगरपालिका हो। भारतबाट आउने ब्यक्तिहरुबाट कोहोराको कहर बढ्न सक्ने भन्दै नगरपालिकाका प्रमुख कालिप्रसाद दास नियमित रुपमा दिनरात खटिरहनु भएको छ। भारतको सिमासंग जोडिएको सिक्टी नाका यतिबेला पुर्ण रुपमा सिल गरिएको छ । नगरपालिकाको नागरिकहरुको लागि २४ घन्टा नै एम्बुलेन्स तयारी अवस्थामा नगरपालिकाले राखेको पनि दासले जानकारी दिनुभयो । त्यस्तै नगरपालिकाले नगर वासीहरुको सहयोगका लागि २ वटा फोन नम्बर सार्वजनिक गरेको छ। नगरबासिहरुलाई कोरोना विशेष कुनै जानकारी लिनिदिनु परे नगरप्रमुख कालिप्रसाद दास ९८४२०४४१६५, स्वास्थ्य साखा प्रमुख किशोर मण्डल ९८४२०७७३९३ मा सम्पर्क गरि कुनै पनि सुचना वा समस्या राख्न सकिने प्रमुख दासले बताउनु भयो।

क्वारेन्टाइन राखिएको व्यक्तिहरुलाई खाना तथा नास्ताको व्यवस्था नगरपालिकाले नै गर्ने छ। नगर क्षेत्रमा लाग्ने सम्पूर्ण हाट बजारहरु पूर्ण रुपमा बन्द गरिएको छ । सबै नागरिकलाई आफ्नै घरमै बसेर सरकाले जारी गरेको लकडाउनको पालना गर्न पनि मेयर दासले अनुरोध गनुभएको छ ।

सम्बन्धित खवर