पथरी, मोरङको पथरी शनिश्चरे ८ ले मास्क र बाल्टि बितरण गरेको छ । विहिबार वडाले अत्यावश्यक ठाउँहरुमा बाल्टि र मास्क वितरण गरेको वडाध्यक्ष बाबुराम दाहालले जानकारी दिनुभयो ।
वडाको विपत व्यवस्थापनबाट वडाका अतिविपन्न परिवार, जेष्ठ नगरिक, बिरामीलाई मास्क बितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार टोलटोलमा युवाहरुलाई खटाएुर घरघरमा मास्क पु¥याइएको दाहालले जानकारी दिनुभयो । हाललाई ८ सय थान मास्क व्यवस्थापन गरेको र सो मध्ये ५० थान प्रहरी चौकी कुसेचौरीलाई र ५० थान सशस्त्र प्रहरी बेसक्याम शनिश्चरेलाई अत्यावश्यक समयमा प्रयोगका लागि दिइएको छ । वडाले आवश्यक समयमा प्रयोगका लागि ५० थान स्टकमा राखेर बाँकी ६ सय ५० थान मास्क वडामा वितरण गरिएको दाहालले बताउनुभयो ।
यस्तै वडाले आवश्यक स्थानहरुमा हात धुनका लागि भनेर बाल्टि र साबुनको व्यवस्था पनि गरेको वडा सचिव लिलाराज भट्टराईले जानकारी दिनुभयो । बेसक्याम र कुसेचौरी प्रहरी चौकीमा एक एक थान र अन्य बजार तथा भिडभाड हुनसक्ने क्षेत्रहरुमा गरेर जम्मा १० थान बाल्टिको व्यवस्थापन गरिएको भट्टराईले जानकारी दिनुभयो ।