२ दिनमा पथरीबाट ४ जना टाँडी क्वारेनटाइनमा, लक्षण कसैलाई पनि देखिएन

२ दिनमा पथरीबाट ४ जना टाँडी क्वारेनटाइनमा, लक्षण कसैलाई पनि देखिएन

भिमराज अधिकारी, पथरी

२ दिनको अवधीमा मोरङको पथरी शनिश्चरेबाट ४ जनालाई क्वारेनटाइनमा पठाइएको छ । बैदेशिक यात्राबाट आएका चारैजनामा कोरोना सम्बन्धी कुनैपनि लक्षण भने देखिएको छैन् ।

पछिल्लो पटक दुवइबाट एकसाता अघि फर्केका पथरी शनिश्चरे १ का २५ वर्षीय युवा र बेलबारी वडा नं. ४ का हाल पथरी शनिश्चरे १ मा नै बस्दै आएका ४० वर्षीय पुरुषलाई क्वारेनटाइनमा पठाइएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो । उनिहरु दुबई एयरलाइन्सको जहाजबाट नेपाल आएका थिए ।

यसअघि आज नै कतार एरवेजबाट आएका ताप्लेजुङ घरभएका एकजना र हिजो पथरी शनिश्चरे वडा नं. ६ का एकजनालाई पनि क्वारेनटाइनमा पठाइएको छ । हाल सम्म चारैजना सुरक्षित रहेको पाइएको छ । कोरोना भाइरसको लक्षण देखिने समय १४ दिन सम्म रहने भएकाले उनिहरुलाई हाललाई क्वारेनटाइनमा पठाइएको हो । नगरमा कोही पनि नेपाल बाहिरबाट आएको भए तत्काल वडा तथा नगरमा सम्पर्क गर्न पनि नगरले सुझाएको छ ।

सम्बन्धित खवर