राजेन्द्र महतो
चैत १२ ,लहान : कोरोना संक्रमणको जोखिम रोकथामका लागि सिरहाको मिर्चैया नगरपालिकाले नगरभित्रका दुई होटललाई क्वारेन्टाइनका लागि प्रयोगमा ल्याउने निर्णय गरेका छ।
मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवको अध्यक्षतामा सुरक्षा अधिकारीसहितको बैठकले मारुती होटल र होटल होलिडेलाई क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।
मिर्चैया नगरपालिका वडा नम्बर ७ मा रहेका यी दुई होटललाई प्रहरीले पूर्ण सुरक्षा प्रदान गर्ने भएको छ ।
क्वारेन्टाइनमा राखेका बिरामीको पूर्ण सुरक्षा प्रहरीले गर्ने इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।