लकडाउनको दोस्रो दिन सिरहा सुनसान

लकडाउनको दोस्रो दिन सिरहा सुनसान

 

राजेन्द्र महतो
लहान चैत १२ ।

सरकारले मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरे संगै मानिसहरुको चहलपहल नभएपलि सिरहा सुनसानमय बन्न पुगेको छ ।

बुधबार पनि सिरहाका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन् । स्थानीयहरुलाई नेपाल प्रहरीले सम्झाई बुझाई आफ्नो घरमै बस्न अनुरोध गरिरहेका छन ।

लकडाउनलाई झन कडा र प्रभावकारी बनाउन इलाका प्रहरी कार्यलय लहान र शसत्र प्रहरी बेस क्याम्प लहानले ठाउँ ठाउँमा प्रहरी परिचालन गरेका छन्।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन् ।

सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुनसक्ने बताईएको छ ।

सम्बन्धित खवर