कोरोनाबाट १८० देश त्रसिति

कोरोनाबाट १८० देश त्रसिति

एजेन्सी : कोरोना भाइरसका कारण विश्वभर हिजो एकै दिन १ हजार ६ सय जनाको मृत्यु भएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य थुप्रै देशमा मानिसहरुको मृत्यु भइरहेको छ।

इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ। योसँगै विश्वका १ सय ८० भन्दा बढी देश र विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ। संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन्।

सम्बन्धित खवर