सुनसान बन्यो बिराटनगर

सुनसान बन्यो बिराटनगर

नरेस कुमार लाभ, बिराटनगर

सरकारले जारी गरेको लक डाउनका कारण बिराटनगर सुनसान बनेको छ । बुधबार विहान देखि लागु भएको लक डाउनका कारण सर्वसाधारणहरु अफ्नै घरमा बस्न थालेका छन् ।

रानी भन्सार, रोडसेस चोक, बसपार्क लगाएतका सम्पूर्ण ठाउँका पसलहरु बन्द भएका छन् । अत्यावश्यक खाद्यान्न, औषधी लगाएतका बाहेक अन्य सबै पसलहरु बन्द भएका हुन् । सडकमा प्रहरीले कडा निगरानी राखेको छ । अत्यावश्यक बाहेकका सबै सवारी साधनहरु थन्किएका छन् । केही स्थानमा छिटफुट रुपमा सर्वसाधारण र मोटरसाइकलहरु कुदिरहेका छन् ।

यसैबिच बिराटनगर १३ मा रहेको मकालु गार्मेन्टस उद्योग भने विहानै देखि खुल्ला रहेको थियो । उद्योगमा हातधुने साबुन, पानी केहीको पनि व्यवस्थापन नगरेको अवस्थामा कामदारहरु निर्वाद रुपमा काममा आइरहेका थिए । सरकारको निर्णयको अवज्ञा गरेको भनेर जानकारी गराएपछि नगरप्रहरी सहितले आएर उद्योग बन्द गर्न लगाएका छन् । हाल उद्योगले आफ्नो काम रोकेको छ । लक डाउनका कारण ज्याला मजदुरी गर्ने श्रमिकहरुको समस्यामा परेका छन् ।

सम्बन्धित खवर