प्रबेश बिष्ट
चैत ११, इटहरा : सरकारले कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबाट बच्नका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव रतुवामाईमा पनि परेको छ ।
लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चेलेका छैनन् भने बजार पूर्ण रुपमा बन्द भएको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि मुलुकभर अत्यावश्यक बाहेकका सबै सेवा र आवतजावत बन्द गरेको हो ।
यसअघि रतुवामाईका विभिन्न स्थानहरुमा मानिसहरुको चहलपहल हुने गरेका यहाँका सडक तथा अन्य स्थानहरु आज भने सुनसान छन् । कोरोना भाइरसको सन्त्रासले गर्दा बाहिर निस्कनेको संख्या कम भएको छ । फाट्टफुट्ट बाहिर निस्कनेहरुलाई सुरक्षाकमीहर्रुले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गरेको ईलाका प्रहरी कार्यलय सिजुवाका प्रमुख मोहन रायमाझीले जानकारी दिनुभयो । रतुवामाई नगरपालिकाको आवह्वनमा प्रहरी सचेतनामुलक माइकिङसमेत गरेको उहाँले जानकारी दिनुभयो ।
लक डाउनमा नगरपालिकाले औषधी उपचार, खाद्यन्न लगायतका अति आवश्यक बाहेकका काममा बाहिर ननिस्कन अनुरोध गरेको नगरप्रमुख रविन राईले जानकारी दिनुभयो । नगरपालिका भित्रका सम्पूर्ण सिमा नाका बन्द गरी आवश्यक क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको पनि उहाँले बताउनुभयो ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिले चैत ११ गतेबाट लागु हुनेगरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
सरकारले लक डाउनको घोषणा गरेसँगै नगरपालिकाका अस्तव्यस्त हुने बजारहरु सुनसान छन् । रतुवामाईका सोमबारे, इटहरा, दाम्राभिट्टा, सिजुवा, सौँठा, झुर्किया बजारहरमा पूर्ण रुपमा बन्द छन् ।