ब्रेकिङ ः उच्च ज्वरोका एकजना बिरामी कोरोनाको आशंकामा रंगेली अस्पतालमा भर्ना

ब्रेकिङ ः उच्च ज्वरोका एकजना बिरामी कोरोनाको आशंकामा रंगेली अस्पतालमा भर्ना

प्रतिकात्मक तस्वीर

किरण न्यौपाने, रंगेली

मोरङ्गको रंगेली अस्पतालको आइसोलेशन वार्डमा आज दिउसो शंकास्पद एक जना विरामीलाई भर्ना गरिएको छ । भर्ना भएका विरामी मोरङ्गको सुनवर्षी नगरपालिका ५ बस्ने ३५ वर्षिय युवक रहेको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो सहित निमुनियाको समस्याबाट पिडीत भई उपचारका लागी रंगेली अस्पताल पुगेपछी चिकित्सकहरुले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार थालेका छन् । रंगेली अस्पतालका मेडिकल सुपरटेण्डन डा. रोहेन्द्र पाण्डेले विरामीमा उच्च ज्वरो संगै निमुनिया रहेकाले कोरोनाको संक्रमणलाई ध्यानमा दिदै आइसोलेशनमा राखेर उचपार थालिएको बताए । विरामीलाई निगरानी राखेर उपचार गरिरहेकाले थप कुनै समस्या देखिए विरामीको स्वाब समेत परिक्षण गरिने डा. पाण्डेले जानकारी दिएका छन् ।

भर्ना भएका ति युवकको छिमेकी रोजगारीको भारतको केरला राज्य बाट केही साता अघि आएको सुचना पाएपछी रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरी सहितको टोलीले सो क्षेत्रको अनुगमन समेत गरेको प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए छन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको संकक्रमणलाई मध्यनजर गरी यस अघि नै रंगेली नगरपालिकाले रंगेली अस्पतालमो ५ वेडको आइसोलेशन वार्ड तयार गरेको थियो ।

सम्बन्धित खवर