पथरी, देशभर लकडाउन गरिएको अवस्थामा मोरङ पथरीमा रहेको यक्ष खरिद बिक्रिले कालोबजारी गरेको पाइएको छ । बुधबार विहान कालोबाजारी गरेको भन्दै पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी पथरी र नगरको अनुगमन टोलीले यक्ष खरिद बिक्रि केन्द्रमा सिल गरेको हो ।
लक डाउन अवधि भर सो सेन्टरबाट विक्रिहुने सवै सामान विक्रि वितरण गर्न रोक लागाएको प्रहरीले जनाएको छ । केही दिन अगाडी यक्ष खरिद विक्री सेन्टरले ५० केजी चालमलको १ हजार ९ सय मुल्य लिएर विक्रि गरेको प्रमाण भेटिए पनि सोही परिमाणको चालम भने लक डाउनको मौका छोप्दै बुधवार २ हजार ४ सय रुपैयामा बिक्रि गरेको भेटिएको छ ।
साथै पशुको आहाराको रुपमा प्रयोग गरिने चोकरको मुल्य स्थानिय वजारमा २ हजार रुपैयामा पाउने भएपनि २ हजार ४ सय रुपैयामा विक्रि गरेको पाइएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले बताउनु भयो ।
विश्वभर महामहारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपाल प्रवेश गरिसकेको अवस्थामा नेपाल सरकारले मंगलवार देखी देश लकडाउन गरेको छ ।
त्यही मौका छोप्दै बजारमा कालोवजारी पनि बढ्दो रुपमा रहेको छ । अनुगमन टोलीले नगर भरीका पसलहरुमा कुनैपनी बेला छ्ड्के अनुगमन गर्न सकिने र कालोबजारी गरेको पाइएमा कानुनी दायरामा ल्याएर कारवाही गरिने नगर उपप्रमुख तथा अनुगमन समिती संयोजक यमुना बिष्ट बास्तोलाले बताउनु भयो ।
सरकारले चैत ९ गतेदेखि चैत २१ गतेसम्मका लागि नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ । सरकारले लकडाउन गरेको घोषणा गरिसकेको अबस्थामा सबै नगरबासिहरुलाई आफ्नो आफ्नो घरमा बसेर आफू स्वस्थ्य हुनुका साथै अरुलाई पनि सहयोग गर्न अनुरोध गरेको छ ।