झापा, झापाका एकजना पुरुष सेल्फ क्वारेनटाइनमा बसेका छन् । फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी कोरोना भाइरस कोभिड १९ द्वारा संक्रमित किशोरीसँगै एउटै विमानमा नेपाल आएका झापाका एकजना पुरुष पनि फेला परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार उनी हाल सेल्फ क्वारेन्टाइनमा रहेका छन् ।
उनी चिकित्सकको निगरानीमा रहेको कोरोना संक्रमण लक्षण देखिनसाथ आइसोलेसनमा राखेर उपचार गर्ने चिकित्सकको योजना रहेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।