बराहक्षेत्रमा साबुन पानीसहित धारा वितरण

बराहक्षेत्रमा साबुन पानीसहित धारा वितरण

 

चैत , १० सुनसरी : विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९)को रोगथाम तथा नियन्त्रणको लागी महेन्द्रनगर साना शहरी खानेपानी सरसफाइ उपभोक्ता संस्थाले बराहक्षेत्रका विभिन्न १० स्थानमा साबुन पानीसहितको धारा वितरण गरेको छ।

मान्छेको भिडभाड हुने ठाउँहरु नगरपालिका अगाडि, सोमबारे,थापा चोक, पुलाहा, ठाकुरबारी लगायतका ठाउँमा साबुन पानी र धारा राखिएको संस्थाका अध्यक्ष भवानी धिमालले जानकारी दिनुभयो ।

अध्यक्ष धिमालका अनुसार विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण यसको सचेतना र यसबाट बच्न र बचाउनका लागि शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले विभिन्न १० वटा धारा राखेको बताउुभयो ।

कोरोना विरुद्धको सरसफाइ सम्बन्धित पोस्ट पम्प्लेट नगरपालिकाका मुख्यमुख्य स्थलहरुमा राखिएको अध्यक्ष धिमालले बताउनुभयो ।

मान्छेहरुमा कोरोना के हो भन्ने बारेमा थाहा सम्म नभएकाले यसको चेतना बढाउने र हात धुन सिकाउने अभियानमा लागेको धिमालले बताउनुभयो । समितिका अध्यक्ष भवानी धिमालका अनुसार खानेपानीले अब छिट्टै नै माक्स समेत वितरण गर्न लागेको छ।

सम्बन्धित खवर